विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक सहयोग

0
289

झापा,  सामाजिक क्षेत्रमा क्रियाशील संस्था हो राउण्ड टेवल अफ बिर्तामोड २७ । यो संस्थाले शिक्षाका क्षेत्रमा झापाका धेरै वटा सामसदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधारसंगै भौतिक र सरसफाइको क्षेत्रमा समेत रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ । विद्यार्थीलाई आवश्यक पर्ने स्कूल डे«स, झोला, कपी,पेन्सिलमात्रै सहयोग गर्दैन यो संस्थाले उनीहरुका लागि शुद्ध खाने पानीको व्यवस्थासंगै गर्मीबाट जोगिन सिलिङ फेन, दिवा खाजा, जाडोको समयमा न्यानो कपडासम्म सहयोग गर्दै आएको छ । अझ, विद्यालयको भौतिक संरचना निर्माण, खानी पाट्याङ्की स्थापना, व्यवस्थित शौचलयसमेत निर्माण गर्दै आएको छ ।
बिर्तामोडस्थित घण्टीबारीको अनारमनी प्राथकिम विद्यालयलाई यही संस्थाले ‘एडप्ट’ गर्दै विद्यालयको भौतिक संरचना निर्माणदेखि शैक्षिक गुणस्तर सुधारका थुप्रै कार्यक्रम सञ्चालन गरेको राउण्ड टेवलका संचार कोअडिनेटर दीपक मित्तलले जानकारी दिए । राउण्ड टेवलले यो संगै झापाका अन्य विद्यालयमा पनि थुप्रै यस्तै कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय बिर्तामोड नगरपालिकामा नै रहेको चमरधाप प्राथमिक विद्यालयलाई समेत यो संस्थाले एडप्ट गरेको बताइएको छ । सामाजिक काममा अग्रसर रहेको यो संस्थालाई एनएमबी वैंकले समेत आर्थिक सहयोग गरेको छ । सो विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि वैंकले दुई लाख रुपैयाँ सहयोग गरेको हो । वैंकका क्षेत्रीय प्रवन्धक नरेन्द्र सुवेदीले चेक हस्तान्तरण गरेका थिए । सो समारोहमा एनएमवी वैंकका प्रमोद शर्मा , राजु निरौला, राउण्डटेवलका विकाश अग्रवाल, निरज चौधरी, अमित वंसल लगायत सहभागी थिए । यता विद्यालयका तर्फबाट प्रधानाध्यापक नरेन्द्र प्रसाद गुरुङ सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here