पत्रकार शिवाकोटीलाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार

0
316

चारपाने ।

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ झापा शाखाद्वारा प्रदान गरिएको डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार झापाली पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २३ औं स्थापना दिवस तथा १० औं वार्षिक साधारण सभाको अवसर पारेर फोनिज झापाले शुक्रबार शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवानले शिवाकोटीलाई दोसल्ला ओढाएर नगद र ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् ।

पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाका अनुसार पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठित समितिले शिवाकोटीलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

कार्यक्रममा स्वर्गीय पत्रकार विरहीको विषयमा फोनिजका पूर्व अध्यक्ष रमेश समदर्शी राईले प्रकाश पारेका थिए ।
फोनिजले उदयमान पत्रकारिता पुरस्कारबाट एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई जनही पाँच हजारका दरले पुरस्कृत गरेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दीपिन राई, मदन ढकाल, रमेश समदर्शी, भीम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here