अपागंता भएकी बिद्यार्थीलाई सहयोग गरेर नरेशले जन्मोत्सव मनाए

0
308

दमक,

झापाको गौरीगञ्ज १ महाभारास्थित बाल कल्याण माविमा कक्षा ६ मा अध्ययनरत शारिरीक अपागंता भएकी छात्रालाई  एक जना दाताले ह्वीलचियरसहित शैक्षिक तथा दैनिक उपयोगी सामाग्री प्रदान गरेका छन ।

भन्सार टोलका डम्फु राजवंशीकी छोरी फुलकुमारी राजवंशीलाई अमेरिकामा पुनर्वास भएका भुटानी शरणार्थी नरेश जनकर्मीले आफनो जन्मदिनको अवसर पारेर करिब २४ हजार रुपैयाँ बराबरको विभिन्न सहायता प्रदान गरेका हुन ।

उनका प्रतिनिधि समेत रहेका दमकका युवा व्यवसायी सन्देश कालिकोटे , सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गर्दै आएका दमकका होटल व्यवसायी काजी राउत र सामाजिक व्यक्तित्व राजेन्द्र धिमालले संयुक्त रुपमा ति सामाग्री राजवंशीको घरमै पुगेर स्थानीयहरुको उपस्थितीमा हस्तान्तरण गरेका हुन ।

उनलाई बिद्यालय आउजाउ तथा हिंडडुलमा सहजताका लागि ह्वीलचियर प्रदान गरिएको सो सहयोगका लागि समन्वयकारी भुमिका निर्वाह गरेका दमकका व्यवसायी कालिकोटेले बताए ।
सो संगै उनलाई आवश्यक पर्ने बिद्यालय पोशाक दुई जोर, शैक्षिक सामग्री , साबुन, खाजा सामग्री आदी हस्तान्तरण गरिएको हो ।

जनकर्मीले आफु विभिन्न दुखकष्टको सामना गर्दै तेस्रो मुलुक पुनर्वास भएपनि नेपालमा छँदा नेपाल र नेपालीसंगको सामिप्यता र भाइचाराको सम्बन्ध आजिवन बिर्सिन नसक्ने भन्दै आफनो क्षमता र विवेकले भ्याए सम्म यस किसिमका सहयोगहरुलाई निरन्तरता दिने भिडियो कन्फरेन्स मार्फत प्रतिबद्धता जनाएका छन ।

सो अवसरमा पत्रकार बिष्णु पौडेल र स्थानीय युवा भोला राजवंशीले समाजसेवाको पवित्र उद्धेश्य राखेर जन्मदिन मनाउने नरेश जनकर्मीको योगदानको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here