पूर्वाञ्चलकर्मी बस्नेत सम्मानित

0
332

बिर्तामोड ।

पूर्वाञ्चलकर्मी रत्नबहादुर बस्नेत सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ सदस्य, सञ्चारकर्मी बस्नेतलाई नेवाः देय दबू बिर्तामोडद्वारा लाखे जात्रा लगायत नेवारी कला–संस्कृतिको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

उनलाई नेवाः देय् दबू प्रदेश १ का अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठ र वडासमिति अध्यक्ष रत्नबहादुर श्रेष्ठले संयुक्तरुपमा सम्मानपत्रसहित सम्मान गरेका थिए । यसैगरी सञ्चारकर्मी सुरेश आले समेत सम्मानित भएका छन् ।

त्यस्तै बिर्तामोड नगरकै नेवाः देय् देबूका ज्येष्ठ सदस्य १०० वर्षीय पूर्णबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरी गत साउन १७ गते नाग पञ्चमीदेखि भदौ ३ गते कृष्ण जन्माष्टमीसम्म बिर्तामोड नगर समितिले सञ्चालन गरेको लाखे कार्यक्रमका सहभागी कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ । जसमा रुपेश, रोनु, हिमाल, रितिक, रिसव, मनिषा, सवु, अस्मिता, पूजा, रुविना श्रेष्ठ लगायत रहेका छन् ।

नेवाः देय् दबू बिर्तामोड– ९ वडा समिति अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड–९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव डम्बरबहादुर श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा नगर अध्यक्ष छत्रबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । वडा सदस्यहरु सल्पना राजवंशी, केशब बुढाथोकी, नेवाः देय् दबू प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, प्रदेश सदस्य ओमप्रकाश श्रेष्ठ, वरिष्ठ नगर उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, महिला उपाध्यक्ष मुक्ति श्रेष्ठ, ४ नं.वडा समिति अध्यक्ष रुबास श्रेष्ठ, २ नं. वडा समिति अध्यक्ष लोकमान श्रेष्ठ, राजवंशी समाजका वडा समिति अध्यक्ष अर्जुन राजवंशी, जग्गादाता मदन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विशेष झाँकीसहित लाखे तथा डण्डिया नृत्य प्रस्तुत गरिएको थियो । नेवार समुदायको मौलिक सांस्कृतिक नृत्य लाखे नागपञ्चमीदेखि शुरु भई कृष्णा जन्माष्टमीसम्म प्रदर्शन गरिएको छ । उक्त लाखे समापन तथा सम्मान कार्यक्रमको सञ्चालन नगर सल्लाहकार यज्ञराज श्रेष्ठ र नगर सचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here