अजिसाले बिर्तामोड बजार क्षेत्रमा जेब्रा क्रस बनाईदिइन

0
468

बिर्तामोड ।

समाज परिर्वतनका लागि एक जना नै काफि हुन्छ भन्ने भनाईहरु प्रशस्त सुन्ने गरिन्छ । जहाँ इच्छा त्यहाँ उपाय पनि निस्कन सक्छ । यस्तै उदाहरणको रुपमा झापाको बिर्तामोड– ५ की अजिसा लिम्बू एक्लै बिर्तामोडको बजार क्षेत्रमा जेब्रा क्रस बनाएर उदाहरणीय काम गरेकी छन् ।

पछिल्लो समय बिर्तामोडमा जेब्रा क्रस नहुँदा पैदाल यात्रीलाई बाटो काट्न समस्या भएको महशुुस गरेकी अजिसाले ट्राफिक प्रहरीसंगको समन्व्यमा बिर्तामोडको मुक्ति चोक लगायत बजार क्षेत्रका विभिन्न स्थानमा जेब्रा क्रस निर्माण गरेकी हुन् ।

दैनिक जीवनसंग जोडिने स–साना विषयका समस्या समाधान गर्न इच्छा शक्ति भए एक ब्यक्ति नै काफि हुने भन्दै उनले आफैं ब्यक्तिगत खर्चमा जेब्रा क्रस निर्माण गरेकी हुन् । शनिवार बुबाको मुख हेर्ने दिनको सन्र्दभ पारेर अजिसाले जेब्र क्रस निर्माण गरेकी हुन् ।

उनले बिर्तामोडका स्थानीय सकारदेखि विभिन्न संघ–संस्थालाई पनि समाजमा प्रेरणा मुलक काम गर्न सुझाव दिएकी छन् । जेब्रा क्रस नहुँदा दुर्घटनाको जोखिम बढेको र यात्रुलाई समस्या भएको आफूले महशुस गरेपछि जेब्राक्रस निर्माण गरेको उनको भनाई छ ।

उनले हरेक युवाले सामाजिक कामलाई प्राथमिता दिएमा अधिकांश समस्या समाधान हुने बताइन् । उनले राज्यको मुख ताक्ने काम नगरी आफैंले सक्ने काम गर्नुपर्ने विचार ब्यक्त गरिन् । अजिसाले जेब्राक्रसमा सवारी चालकले पैदलयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् ।

सडकमा हिड्ने यात्रूहरूलाई जेब्रा क्रसिङको महत्व बुझाउन जरुरी रहेको ट्राफिक प्रहरीले जनाएको छ । जथाभावी सडक क्रस गर्दा दुर्घटनाको सम्भावना बढ्ने र सडक पनि अस्तव्यस्त हुने अवस्था सिर्जना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक जीवन कार्कीले बताए । उनले भने– जेब्राक्रस निर्माण हुँदा पैदलयात्रीलाई धेरै सहजा हुन्छ । त्यसमा सबैले सहयोग गर्न जरुरी छ ।

जेब्रा क्रसिङ गर्ने बानी बसाल्नुको साथै सर्वसाधारणले सडक जेब्रा क्रसिङबाट पार गर्न लाग्दा सवारी चालकले अपनाउनु पर्ने सावधानीलाई नियमका रूपमा लागू गर्दै पैदलयात्रीलाई जेब्राक्रसमा प्राथमिकता दिन चालकहरुलाई ट्राफिक नियमहरु सिकाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक चन्द्र राउतले बताए । दुर्घटना न्यूनिकरणक लागि विभिन्न सचेता मुलक काम गरिरहेको ट्राफिक प्रहरीले सडकमा जेब्रा क्रस बनाउने कामलाई तिब्रता दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडको बजार क्षेत्रमा जेब्राक्रस निर्माणका लागि सहयोग गरेको भन्दै अजिसालाई धन्यवाद दिएको छ । दुर्घटना न्यूनिकरण गर्नका लागि रहेक नागरिकको उत्तिकै जिम्मेवारी रहने तथा सबैले सवारी सञ्चालन गर्दा सचेतना अप्नाउनु पर्ने ट्राफिक प्रहरीको भनाई छ । ट्राफिक प्रहरीले पैदलयात्रीलाई जेब्राक्रसबाट मात्रै बाटो काट्न अनुरोध समेत गरेको छ ।

सडक निर्माणपछि होडिङ बोर्ड तथा जेब्रा क्रसहरु निर्माण गर्ने जिम्मेवारी सडक विभागको भएपनि सडक विभागले कतै पनि जेब्रा क्रसहरु निर्माण गरेको पाइनन् । ट्राफिक प्रहरीले पनि सहयोगी ब्यक्ति तथा संघ–संस्थासंग हातेमालो गर्दै जेब्रा क्रस निर्माण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here