तनाव बढेसँगै ताइवानले बढायो रक्षा बजेट

0
243

ताइवान,

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ। सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो।

चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास सुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुद्री तथा हवाई उडानलगायत कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८.३ र समुद्री तथा हवाई लडाइ क्षमता बढाउनका लागि कार्यक्रम समावेश गरिएको छ।

अर्को विशेष कोष समावेश भए कुल बजेट एनटीडी ५८६.३ अर्ब पुग्ने निक्की एसियाले रिपोर्ट गरेको छ। बजेट अब विधायिका युआनमा अनुमोदनका लागि पठाइनेछ। जुन अर्को महिना सुरु हुँदै छ।

ताइवान पछिल्लो समय बढ्दो चिनियाँ आक्रामकता सँग जुधिरहेको बताइएको छ। बेइजिङले यस महिनाको सुरुमा ताइवान वरिपरि आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतामा ताइवानलाई थप चिन्ता बढेको प्रतिवेदनहरूले उल्लेख गरेका छन्।

पिपुल्स लिबरेसन आर्मीले ताइवान र यसको बाहिरी टापु वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here