बिर्तामोड ।

शिक्षा संगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाउने भएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
नेपाल शैक्षिक परामर्श संघको स्थापना दिवसको अवसरमा (भोली) सोमबार बिर्तामोड स्थित मुक्ति चोक स्थित दुर्गा मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको इक्यान झापाका अध्यक्ष मिलन ओलीले जानकारी दिए । झापा शाखाले यस पटक रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आएको इक्यानले विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको इक्यान झापाका कार्यक्रम संयोजक अनिल सापकोटाले बताए ।





























