सम्पूर्ण कोभिङ इन्सिच्यूट सञ्चालनमा

0
404

 

झापा, सम्पूर्ण विद्यार्थीलाई ध्यानमा राखेर झापाको बिर्तामोड ३ स्थित बिर्ताबजार स्थित डोमालाल रंगशाला नजिकै सम्पूर्ण कोचिङ इन्सिच्यूट सञ्चालनमा आएकोछ । प्रोफेसर अखिलेस झाको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच इन्सिच्यूटको उद्घाटन गरिएको हो ।
कार्यक्रममा शेखर शर्मा,रन्जित शाह, नयन भण्डारी,शारदानन्द झा,दिपेन्द्र शाह,माधव खनाल, रेखा भण्डारी लगायतको आतिथ्यता रहेको थियो । धर्मराज माझीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विवेक आचार्यले गरेका थिए ।
इन्सिच्यूट आम अभिभावक र बिद्यार्थीहरुको मागलाई ध्यान राखेर सञ्चालनमा ल्याइएको र आधारभूत तहदेखि स्नातकोत्तर तहसम्मको सबै बिषयहरुको दक्ष र अनुभवि शिक्षकहरुबाट गराईने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here