सवारीको गति मापन गर्दै ट्राफिक प्रहरी

0
342

बिर्तामोड ।

तिब्र गतिका कारण सवारी दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारबाही तिब्र बनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा तिब्र गतिका कारण सवारी र्दुघटना बढेको भन्दै जिल्लाका विभिन्न स्थानमा राडरगनको प्रयोग गरेर कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक कुमार जवेगूले जानकारी दिए ।

अधिकांश र्दुघटना तिब्र गतिकचा कारण भएको पाइएकाले जिल्लाका बुधबारे, चारआली, बिर्तामोड, दमक, भद्रपुर, सुरुङ्गा लगायतका स्थानमा राडरगन मार्फत सवारीको गति मापन गरेर कारबाही शुरु गरेको प्रहरी निरीक्षक जवेगूले बताए ।

चाडपर्व नजिकिएसंगै सडकमा सवारीको चाप बढ्ने भएकाले र्दुघटना न्यूनिकरणका लागि सचेतना संगै कारबाही थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here