पशुपति सामुदायिक वनको १२ औं वार्षिक साधारण सभा सम्पन्न

0
358

पथरीशनिश्चरे,

प्रदेश नं १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवर्दनका लागि अघि बढ्नुपर्ने औल्याउनुभयो।

आज विहीवार पथरीशनिश्चरे -१०स्थित पथरीशनिश्चरे -१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

मन्त्री थापाले नेपाल सरकारको एकल प्रयासले मात्रै वन- जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायलाई हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले जल, जंगल, जमीन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वन समुहहरूका गतिविधि सञ्चालन गर्न सुझाउनुभयो।

समुहका अध्यक्ष प्रदिप राईको अध्यक्षतामा सम्पन्न भएको सभामा डिभिजन बन कार्यालय, विराटनगरका प्रमुख अनिलरूद्र शाह , प्रदेश १ सामुदायिक वन महासंघका सचिव अग्निप्रसाद पौडेल, सब- डिभिजन वन कार्यालय, पथरी गणेश दहाल, सामुदायिक वन महासंघ मोरङका अध्यक्ष रामकृष्ण राई वडा नं १० अध्यक्ष जीवन खतिवडा, ९ का अध्यक्ष वीर बहादुर राई, वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो।

सोहि अवसरमा सामुदायिक वन महासंघ पथरीशनिश्चरेका नगर अध्यक्ष रविन्द्र कुमार राई, भुल्के- पशुपति सामुदायिक वन समूहको अध्यक्ष पदम पाख्रिन, डांस- मोरङ्गी सा.व.उ. समुह अध्यक्ष मदन पोखरेल, मनकामनासा. व. उ. समुहका अध्यक्ष दिनेश राई, सुन्दर सा. व. उ. समुहका अध्यक्ष मान बहादुर पाठक, चौतारी सा. व. उ. समुहका अध्यक्ष टंक कङ्दङ्गवा , शान्ति सा. व. उ. समुहका अध्यक्ष हेमभक्त गुरूङ लगायतको उपस्थिति रहेको थियो।

समुहका अध्यक्ष प्रदिप राईले १ हजार २३ जना जम्मा उपभोक्ता भएको सो समुहका अध्यक्ष प्रदिप राईले आगामी आर्थिक वर्ष -२०७८/०७९ का लागि ६७ लाख ४३ हजार २२७ रूपैयाँ बराबरको वार्षिक प्रतिवेदन पेश गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here