पथरीशनिश्चरे ।
लागूऔषध ब्राउन सुगर तथा नगदसहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् ।
गत २४ गते अपरान्ह ४ बजे लागूऔषध सहित मोरङको पथरी शनिश्चरे –९ बस्ने ३० वर्षीय सन्तोष लिम्बू र २९ वर्षीय सुनिल लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध ब्राउन सुगर तथा नगदसहित इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट लागूऔषध ऐन अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।