घरदैलोकै क्रममा अभिनेत्री रेखा थापा पथरीशनिश्चरेमा

0
357

छविराज ढकाल/ पथरीशनिश्चरे, 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ्ग क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार एवम् अभिनेत्री रेखा थापाले अनेकन् आश्वासन बाँड्दै जनताको दुःख सुख नबुझ्ने र विकास नगर्ने नेतालाई भोट नहाल्न आग्रह गर्नुभएको छ।

शनिबार पथरीशनिश्चरे ( बुद्ध चोक) मा आयोजित घरदैलो कार्यक्रममा नेतृ थापाले भ्रष्ट र झुट बोल्ने कुनै पनि दलका उम्मेदवारहरुलाई मतदान नगर्न उद्घोष गरेकी हुन्। नेतृ थापाले आगामी मंसिर -०४ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि आफुले पनि उम्मेदवारी दिएकोले आफ्नो चुनाव चिन्हमा मतदान गर्न आव्हान गर्नुभएको थियो।

अभिनेत्री थापाले अगाडि भन्नुभयो -‘ म यहाँ ( मोरङ्ग क्षेत्र नं ३) भएका त्रुटि र यहाँ गर्नुपर्ने काम पुर्ण गर्न आएको हुँ ।हिजो ( विगत) म सानी हुँदा जनप्रतिनिधिहरूले देखाएको सपना म पुरा गर्न आएको हुँ। सुकुम्बासी र गरीबको नाममा यस अघि थुप्रै नेताहरुले राजनीतिक गरे।त्यो नगरून् भन्नका लागि म आएको हुँ।’

सोही क्रममा अभिनेत्री थापाले गतिलो काम गरेको भए पो आफ्नो प्रतिस्पर्धा अरू ( अरू दलका उम्मेदवारहरु) सित हुन्थ्यो भन्नु हुँदै मोरङ्ग क्षेत्र नं ३ का जनताले मतदान गरी विजयी तुल्याए विद्यमान समस्याकोरूपमा रहेका भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास , वेरोजगार युवा, पछाडि पारिएका वर्ग , महिला, जनजातिको लागि ईमान्दारिताका साथ काम गर्ने जिकिर गर्नुभयो।

उहाँले अबको युग जनताको पक्षमा काम नगर्ने नेताहरुलाई हटाउने युग भएको टिप्पणी गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here