नेपाल दशनामी समाज बिर्तामोडद्वारा देउसी भैलो कार्यक्रमसहितको अभियान शुरु

0
174

चारपाने ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले कोष स्थापनाका लागि तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमसहितको अभियान शुरु गरेको छ ।

नगर समितिले चारपानेबाट आइतवारबाट शुरु गरेको देउसी भैलो कार्यक्रम सोमबार समापन हुने जनाइएको छ । नगरमा रहेका दशनामी बन्धुहरुलाई एकताबद्ध गर्दै उनीहरुलाई आइपर्ने समस्या समाधानमा सहयोग गर्ने उदेश्य साथै कोष स्थापनाका लागि देउसी भैलो कार्यक्रम आयोजना गरेको नगर अध्यक्ष अर्जुन गिरीले बताए ।

आइतवारबाट शुरु भएको देउसी भैलो अभियानलाई समाजसेवी कुमार गिरीले ११ हजार, नेपाल दशनामी समाज झापाका कोषाध्यक्ष बालकृष्ण गिरीले ५ हजार एकसय रुपैयाँसहित अन्य दशनामी बन्धुहरुले आर्थिक सहयोग गरेका छन् । देउसी भैलो कार्यक्रमको संयोजकमा कार्य समिति सदस्य खेमराज गिरी रहेका छन् भने सदस्यमा नेपाल दशनामी समाज नगर सदस्य घनश्याम गिरी र गोबिन्द गिरी रहेका छन् ।

देउसी भैलो अभियानमा नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, नगर सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी, नगर सल्लाहकार उमेश भारती, नगर बरिष्ठ उपाध्यक्ष नारायण गिरी, सदस्य रणबहादुर गिरी, सम्झना गिरी पुरीलगायतको उपस्थिति रहेको थियो । सोमबार बिर्तामोड र बुट्टाबारीमा देउसी भैलो कार्यक्रम अभियान सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here