बटुकलाई भोजन

0
222

झापा ।

राधा माधव सेवा समिति बिर्तामोडले झापाको चारपानेस्थित साङ्गवेद संस्कृत विद्यालयमा रहेका विद्यार्थीलाई भोजन गराएको छ ।

जगद्गुरुत्तम् महाप्रयाण दिवसको अवसरमा आइतवार हरिगुरु पीत्यर्थ बटुक तथा गौ सेवा सम्पन्न गरिएको हो । गौ सेवाका लागि विद्यालयका गौशालामा रहेका गाइहरुलाई खुवाउन चोकर, नुन, सख्खर समेत प्रदान गरिएको थियो ।

त्यस अवसरमा विद्यालयमा अध्ययनरत् दुई सयभन्दा बढी विद्यार्थीहरुलाई दक्षिणा समेत प्रदान गरिएको थियो ।

राधा माधव सेवा समितिका पदाधिकारीले त्यहाँ अध्ययनरत् बटुकहरुलाई भोजन गराएको समितिकी सदस्य दुर्गादेवी ढकालले जानकारी दिइन् । सोही अवसरमा यहाँस्थित शिवालयमा साधनासहित सत्संग कार्यक्रम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here