प्रदेश–१ का ५५२ जना प्रहरी योग शिविरमा सहभागि

0
185

बिराटनगर।

१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ ।

पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनालसहित चार जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो ।

कार्तिक १८ गतेबाट संचालन भएको पाँच दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलासहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरु समेत गरी पाँच सय ५२ जनाको सहभागिता रहेको थियो ।

प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वासका साथ पतन्जली योग समिति नेपाल र नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ बीच प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराउने सम्झौता भए बमोजिम नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरू तथा प्रहरी तालिम केन्द्रहरुमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई पतन्जली योग समितिले योगाभ्यास गराउदै आईरहेको छ ।

आफ्नो घर परिवारबाट टाढा रहेर पनि जनताको जिउ धनको सुरक्षार्थ अहोरात्र खटिने नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई योगले थप सेवाको भावना जागृत गराउनुका साथै मानसिक एवम् शारीरिक तनाबबाट मुक्त बनाई चौबिसै घण्टा कार्यक्षेत्रमा खटिन सक्ने क्षमताको बृद्धि गर्नका लागि प्रहरीलाई योग आवश्यक रहेको योग गुरु खनालले बताउनुभयो ।

संचालित योग शिविरमा समादेशक बास्तोलाले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश र विचलनलाई नियन्त्रण गरी शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योग प्रभावकारी रहेको बताउदै समाजमा घटने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिई आफ्नो जिम्मेवारी बहन गर्ने प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको महत्वपुर्ण स्थान रहेको कुरा वहाले बताउनु भएको छ ।

साथै पतन्जली योग समितिद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरुलाई समेत मंगलबारबाट ५ कार्य दिनको योगाभ्यास शिविर संचालन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here