राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

0
490

कास्की,

पोखरा महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय ९२ जनालाई सम्मान गरिएको हो ।

स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मान सहित क्रमशः जनही रु १५ हजार, रु १० हजार र कास्य रु पाँच हजार प्रदान गरिएको थियो ।

यसैगरी ३६ टोली व्यवस्थापक र ४० प्रशक्षिकलाई समेत सम्मान गरिएको थियो । महानगर प्रमुख धनराज आचार्र्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । खेलाडीको खेलजीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको चर्चा गर्दै नगरप्रमुख आचार्यले खेलमार्फत पर्यटन प्रवद्र्धनसहित यहाँ आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो ।

महानगरले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागेको ‘टुर दि पोखरा’ कार्यक्रमका क्रममा आगामी पुस ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता, २०७९ गर्ने जनाएको छ । पोखरा–१७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकलयात्रीको सहभागिता रहने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here