राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

0
205

वाशिङ्गटन।

अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी २० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रवार उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी२० को अध्यक्षता गर्देछ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, “भारत अर्को वर्ष जी२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ। राष्ट्रपति बाइडेनको पदभार ग्रहण लगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुगेका थिए।

“दुई नेताले पटक-पटक फोन वार्ता र भिडियो वार्ता गरिरहनु भएको छ। अमेरिका-भारत साझेदारीलाई बलियो बनाउने लगयताका दुई पक्षीय चासोका मुद्दाहरूमा दुई नेता बीच छलफल भइरहेका छन् र राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ,” सुलिवानले भने।
यसअघि शुक्रवार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्र सङ्घको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि भेटवार्ता गरेका थिए।

इतिहासमा सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

जी२० अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपीको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत भन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाइको प्रतिनिधित्व गर्दछ।

जी२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने जी२० शिखर सम्मेलन भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तर्राष्ट्रिय सम्मेलनहरू मध्ये एक हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here