ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

0
271

भक्तपुर,

चाँगुनारायण नगरपालिका-३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा सात वर्षीय विवेश तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले बालकलाई ठक्कर दिने ट्याङ्करका चालक भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने सिताराम पक्का नेवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here