झापामा कुन दलले कति मत पाए ?

0
168

बिर्तामोड।

मंसीर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको समानुपातिकको मत परिणाम अनुसार झापामा नेकपा एमालेले पहिलो, नेपाली कांग्रेसले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो मत पाएका छन् । नेकपा माओवादीलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो भएको छ ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेले एक लाख २७ हजार सात सय ८० मत प्राप्त गर्दै पहिलो मत प्राप्त गर्ने पार्टी भएको छ । यता नेपाली कांग्रेसले एक लाख छ सय ८६ मत प्राप्त गर्दै दोस्रो धेरै मत पाएको हो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ हजार ४ सय ४४ मत प्राप्त गर्दै तेस्रो धेरै मत प्राप्त गर्ने पार्टी भएको छ । यता नेकपा माओवादी केन्द्रभन्दा राप्रपाले बढी मत प्राप्त गर्दै चौथो धेरै मत प्राप्त गर्ने पार्टीका रुपमा स्थापित भएको छ । राप्रपाले ४६ हजार चार सय ६६ मत समानुपातिकतर्फ प्राप्त गरेको छ ।

यता नेकपा माओवादी केन्द्रले ३१ हजार छ सय ६६ मत मात्र प्राप्त गरेको छ । समानुपातिकतर्फ सबैभन्दा कम मत प्राप्त गर्ने पार्टीका रुपमा पिछडावर्ग निषाद दलित जनजाति पार्टी रहेको छ । यो पार्टीले जम्मा २८ मत प्राप्त गरेको छ ।

त्यस्तै बहुजन शक्ति पार्टीले पनि ३० मत मात्रै पाएको छ । सबैभन्दा बढी मत पाउने पार्टीका रुपमा एमाले रहेको छ भने कम मत पाउने पार्टीका रुपमा पिछडावर्ग निषाद पार्टी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । नेकपा एमालेले झापा क्षेत्र नं. १मा २२ हजार पाँच सय ४७, क्षेत्र नं. २मा २६ हजार चार सय ९०, क्षेत्र नं. ३मा १९ हजार चार सय ६०, क्षेत्र नं. ४मा २३ हजार चार सय ११ र क्षेत्र नं. ५मा ३५ हजार आठ सय ७२ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले क्षेत्र नं. १ मा २५ हजार चार सय २०, क्षेत्र नं. २मा १५ हजार चार सय ९८, क्षेत्र नं. ३मा २५ हजार पाँच सय ३५, क्षेत्र नं. ४मा १७ हजार तीन सय ७४, क्षेत्र नं. ५मा १६ हजार आठ सय ५९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ मा पाँच हजार ५७, क्षेत्र नं. २ मा तीन हजार आठ सय ६९, क्षेत्र नं. ३ मा सात हजार पाँच सय ९५, क्षेत्र नं. ४ मा छ हजार चार सय ६५, क्षेत्र नं. ५ आठ हजार छ सय ८० मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टीले क्षेत्र नं. १ मा छ सय १२, क्षेत्र नं. २ मा एक सय ५५, क्षेत्र नं. ३ मा सात सय ३१, क्षेत्र नं. ४ मा दुई सय ८० र क्षेत्र नं. ५ मा सात सय ७५ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा क्षेत्र नं. १मा पाँच हजार ५८, क्षेत्र नं. २ मा सात हजार आठ सय ८०, क्षेत्र नं. ३ मा १९ हजार सात सय ४३, क्षेत्र नं. ४ मा छ हजार चार सय १५ र क्षेत्र नं. ५ मा सात हजार तीन सय ७० मत प्राप्त गरेको छ ।

राष्ट्रिय जनमोर्चाले झापा क्षेत्र नं. १मा ३२, क्षेत्र नं. २ मा ४०, क्षेत्र नं. ३मा १४, क्षेत्र नं. ४ मा ३६ र क्षेत्र नं. ५मा ६२ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले क्षेत्र नं. १ मा ६४, क्षेत्र नं. २मा ६९, क्षेत्र नं. ३ मा ६०, क्षेत्र नं. ४मा ८१ र क्षेत्र नं. ५ मा एक सय ३४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा ७७ हजार चार सय ४४ मत प्राप्त गरेको छ । क्षेत्र नं.१ मा १३ हजार सात सय ५०, क्षेत्र नं. २ मा २२ हजार पाँच सय १७, क्षेत्र नं. ३ मा सात आठ सय १२, क्षेत्र नं. ४ मा १५ हजार एक सय ६० र क्षेत्र नं. ५ मा १८ हजार दुई सय पाँच मत प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here