४६ हजारभन्दा बढी मत बदर

१३ मंसिर २०७९, मंगलवार मा प्रकाशित

झापा ।

निर्वाचन शिक्षा प्रभावकारी नहुँदा झापामा ४६ हजार ५ सय २४ मत बदर भएको छ ।

गत मंसीर २ गते आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभातर्फ मात्रै २३ हजार ९ सय ६० मत बदर भएको हो । त्यस्तै प्रदेशसभा सदस्यतर्फ २२ हजार ५ सय ६४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता मध्ये प्रतिनिधिसभातर्फ ६५ दशमलव ७७ प्रतिशत अर्थात् ४ लाख ३६ हजाार २ सय ६६ मत खसेको थियो । जसमा सदर ५ लाख १२ हजार ३ सय ६ मत रहेको थियो । अर्थात खसेको मतको ५ दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

यता प्रदेशसभा सदस्यतर्फ ४ लाख ३६ हजार ५ सय ८६ मत खसेको छ । जसमा सदरमतको सख्या ४ लाख ११ हजार २२ रहेको छ । यहाँ वदरमतको प्रतिशित ५ दशमलव ४५ रहेको छ । प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्वर १मा ५ दशमलव ९१ प्रतिशत मत बदर भएको छ ।

त्यस्तै २मा ६ दशमलव ९९, ३ मा ४ दशमलव ६४ प्रतिशत, ४मा ६ दशमलव २१ र झापा क्षेत्र नम्वर ५मा ५ दशमलव ४५ प्रतिशत मत बदर भएको छ ।

यता प्रदेशसभा सदस्यतर्फ झापा १ को १ मा ५ दशमलव ७२ प्रतिशत, १ को २ मा ५ दशमलव २७ प्रतिशत, २ को १ मा ९ दशमलव ४६, २को २मा ६ दशमलव ६९ प्रतिशत, ३ को १मा ४ दशमलव ३४, ३ को २ मा ४ दशमलव ३९ प्रतिशत मत बदर भएको छ ।

त्यस्तै झापा क्षेत्र नम्वर ४को १मा ५ दशमलव ०८ प्रतिशत, ४ को २मा ५ दशमलव २७ र ५ को १ मा ४ दशमलव ८४ तथा ५ को २ मा ४ दशमलव १२ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here