पथरीशनिश्चरेमा प्रदेश खानेपानी, सिंचाई तथा जलस्रोत मन्त्री राईलाई सम्मान

0
203

पथरी शनिश्चरे,

प्रदेश नं १ का खानेपानी , सिंचाई तथा जलस्रोत उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले संविधानले व्यवस्था गरेका उपलब्धिहरूलाई संस्थागत विकास गर्न आफ्नो तर्फबाट सधैं प्रयास भैरहने बताएका छन्।

आज शनिबार मोरङ्गको पथरीशनिश्चरेमा रोदुङ चाम्लिङ रोमिपोमी केन्द्रीय कार्य समितिद्वारा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
गत मंसिर -४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा उनी खोटाङ जिल्लाबाट निर्वाचित भएका छन्।

सत्ता साझेदार लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेश मन्त्री राईले १ नं प्रदेशको नामाकरण गर्न आफ्नो तर्फबाट घनीभूत प्रयास गर्ने बताउनुभयो। मन्त्री राईले अझै केन्द्र शासित शासन भोग्नु परिरहेको उल्लेख गर्दै संविधानमा सुनिश्चित गरिएको कतिपय उपलब्धिहरूलाई स्थानीय तहसम्म पुर्याएर नागरिक्ता , राहदानी जस्ता जनताका काम गर्न मुकाम धाउनुपर्ने बाध्यता घटाउनु पर्ने औल्याउनु भयो।

उहाँले जनआन्दोलनको जगमा उभिएर जनताको हितमा आफुले खोटाङ्गे जनता र समग्र १४वटै जिल्लाका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको उल्लेख गरेका छन् । मन्त्री राईले आफ्नो तर्फबाट प्रतिनिधि सभामा विजयी गराउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै प्रतिनिधि सभा सदस्यको हैसियतले अझै सशक्त रूपमा संविधान प्रदत्त आदिवासी जनजाति, दलित, महिला, मुस्लिम र पिछडिएका वर्गको हितमा आवाज उठाउने र कार्यान्वयन तहमा पुर्याउने काम गर्ने बताएका छन्।

रोदुङ चाम्लिङ रोमिपोमी कार्य समितिको संयोजकत्वमा आयोजित कार्यक्रममा किरात राई यायोक्खा पथरीशनिश्चरेको साकेला स्थलमा मुन्धुम अनुसार शिर उठाई दोसल्ला,खादा र फुल माला लगाएर सम्मान गरिएको थियो।

रोदुङ चाम्लिङ रोमिपोमी कार्य समितिका केन्द्रीय अध्यक्ष सन्त राईको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा शुभकामना कार्यक्रममा संविधान सभा सदस्य चण्डी प्रसाद राई, प्रदेश नं १ पूर्वसांसद – कृष्ण कुमारी राई, लगायतले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

स्वागत मन्तव्य – मंगल राई , केदुङ राई समितिका केन्द्रीय उपाध्यक्ष किरन राई लगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा भ्वाइस अफ नेपाल रियालिटी शो सिजन -४ को टप ८ मा पुग्न सफल धरानका उदयमान गायक पदम राईलाई अत्यधिक भोटले जिताउन समेत आग्रह गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here