देउसी–भैलाबाट संकलित रकमबाट रोट्रयाक्ट क्लबले बाँडियो भद्रपुरका विपन्न परिवारलाई सामग्री

0
257

भद्रपुर , सामाजिक संस्था रोट्रयाक्ट क्लब अफ भद्रपुरले नगर क्षेत्रका विपन्न परिवारलाई कम्बल, किटनाशक झुललगायतका सामग्री वितरण गरेको छ ।

रोट्रयाक्ट क्लबका पदाधिकारीले तिहार खेलेको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमबाट नगर क्षेत्रका ५० विपन्न परिवारलाई शुक्रबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेको हो ।

क्लबले प्रति परिवार एक थान कम्बल, एक थान किटनाशक झुल, एक सेट मोजा, दुई प्याकेज बिस्कुट र एक प्याकेट आटा वितरण गरेको क्लबका कार्यक्रम संयोजक अविनाश रौनियारले जानकारी दिए । क्लबले तिहारमा देउसी भैला कार्यक्रम गरी ५३ हजार रुपैयाँ संकलन गरेको थियो ।

सोही रकम बराबरको सामग्री खरिद गरी विपन्न परिवारलाई वितरण गरिएको क्लबकी अध्यक्ष सञ्चिता निरौलाले जानकारी दिइन् । रोटरी क्लब अफ भद्रपुरको सहजिकरणमा सम्पन्न भएको वितरण कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here