आजै माओवादीको पहिलो बैठक : मन्त्रीमण्डल विस्तारको तयारी

0
257

झापा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पहिलो पटक नेकपा माओवादी केन्द्र को बैठक बसेको छ ।

बैठक अहिले बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिस डाँडामा शुरु भएको छ । मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बीच छलफल भइरहेको बताइएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

प्रचण्ड आइतबार एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्ति भएका थिए । नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरूको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here