भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने

0
142

काठमाडौँ,

भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलरको प्रस्ताव गरेको पुष्टि गरेकी हुन् ।

भारतले प्रस्ताव गरेको उक्त रकम ऋणमार्फत् प्रदान गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि कम्बोजले १५ सय सिरियाली विद्यार्थीलाई भारतले छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै चालु शैक्षिक सत्रमा मात्रै २ सय जना सिरियाली विद्यार्थी भारतमा छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत जानकारी दिइन् ।

उनले भारतले मानवीय, प्राविधिक एवम् विकासजन्य सहायताहरु समेत प्रदान गर्दै आइरहेको उल्लेख गरिन् । महामारीको समयमा पनि भारतले सिरियालाई औषधि एवम् खाद्यान्न सहयोग गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here