तुर्सा हेमरमको २६ औं स्मृति दिवस

0
206

झापा ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अब देशको अर्थतन्त्र सुधारका लागि पहल नथालिए मुलुक गम्भीर आर्थिक संकटमा फस्ने चेतावनी दिएका छन् ।

झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६औं स्मृति दिवसको उद्घाटन गर्दै नेता गुरुङले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा मुलकमा दिनानुदिन आर्थिक संकट आएको बताए ।

प्रतिष्ठानका उपसभापति लखन हेमरमको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्वर १ का सभापति तथा संसदीय दलका नेता उद्धव थापा, पार्टीकी केन्द्रीय सदस्य सुशीला ढकाल, प्रदेशसभा सदस्य लखीकुमारी गणेश, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, विश्वदीप लिङ्देन, पूर्व राष्ट्रिय सभा सदस्य डिल्ली सिटौला, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल लगायतले बोलेका थिए ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् आदिवासी नेता तुर्सा हेमरमको वारेका चर्चा गरिएको कार्यक्रममा उनको व्यक्तित्व र उनले गरेका योगदानको विषयमा प्रतिष्ठानका सचिव कुमारमणि पोखरेल र टीका मैनालीले प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here