छविराज ढकाल/ पथरीशनिश्चरे,
“कहाँ होलिन्,कस्ती होलिन्,पुर्ण चन्द्रमा जस्ती होलिन्…” बोलको लोक आधुनिक नेपाली गीत हालै सार्वजनिक भएको छ।
सिडी विजय अधिकारीको एकल स्वरमा सजिएको उक्त गीतमा कृष्ण गुरुङ, आशिष्मा नकर्मी, मीत्र घले,मुना सिंहले अभिनय गरेका छन्। २०२३ जनवरी ६ तारिखका दिन गायक तथा संगीतकार अधिकारीले आफ्नै युट्यूबमार्फत दर्शकहरूमाझ सार्वजनिक गरेका हुन्।
सुमधुर नेपालीपन र मौलिकता सहितको मेलोडियस म्युजिक कम्पोजिसन रहेको सो गीतको शव्द- रचना अभिनाश भट्टराईले गरेका छन्।विसम आचार्यले म्युजिक एरेन्ज गरेको सो भिडियो गीतमा मिक्सिङ् राजु कार्की र रेकडिङ्ग केदार उप्रेतीको रहेको छ।
अमेरिकामा हाल बसोबास गर्दै आएका गायक तथा संगीतकार अधिकारीले गीतको रेकर्डिङ नेपालमै गराएका हुन् भने भिडियो सुटिङ चाहिँ अमेरिकाका विभिन्न शहरहरुमा गरिएको नेपालस्थित गायक अधिकारीका निकट सहयोगी गणेश थक्लुङ लिम्बुले जानकारी दिनुभयो।