भट्टराईको उपचारमा समस्या

0
145

बिर्तामोड ।

आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका बर्ष ४२ की रमा भट्टराई (रामप्यारी)लाई उपचारमा समस्या भएको छ ।

ताप्लेजुङ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको दुई दिनदेखि बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । ९ बर्षअघि नै घर छोडेर हिँडेका उनका श्रीमानको अहिलेसम्म अत्तो पत्तो छैन । तीन जना छोरी र एक जना छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग सहयोग मागिरहेकी छिन् ।

उनी ज्यालादारीमा अलैंची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्चसँगै घर चलाउँदै आएकी थिइन् । तर, उनी अहिले थलिएसँगै बालबच्चाको पनि पठाइसँगै घर खर्चमा समस्या भएको उनी बताउँछिन् । बिर्तामोड–५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दुःखद् अवस्था देखेर निर्मलले निःशुल्क रुपमा करिब छ बर्षदेखि एउटा कोठा उपलब्ध गराउँदै आएका छन् ।

काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफूलाई बचाइदिन उनले अस्पतालको शय्याबाट सबैलाई आग्रह गरेकी छन् । व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाईसहित आफन्तहरुले सहयोग जुटाएर अहिलेसम्म उनको उपचारमा झण्डै १५ लाख रकम खर्च भइसकेको छ ।

चिकित्सकको भनाइलाई उदृत गर्दै भट्टराईको आफन्त शान्ता बिष्टका अनुसार केही बर्षअघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । उनको त्यो समस्या निर्मूल भए पनि अहिले उनलाई फोक्सोमा समस्या तथा मुटुमा प्वाल रहेको र दायाँपट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।

रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । सहयोगका लागि बिरामी भट्टराईको छोरी मनुका भट्टराईको नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । त्यस्तै उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको मोबाइल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here