तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित

0
144

काठमाडौँ,

चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा नयाँ नीतिका नाममा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक अतिक्रमणलाई निरन्तरता दिइरहेको पाइएको छ ।

तिब्बत प्रेसले जनाएअनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको हो । पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ ।

अहिले तिब्बतमा तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । तिब्बत प्रेसका अनुसार चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि पनि प्रतिबन्ध लगाएको छ ।

यसबाहेक चीनले तिब्बतमा जनसङ्ख्या वितरणमा पनि फेरबदलको प्रयास गरिरहेको छ । यसबाट सो क्षेत्रको सांस्कृतिक एवम् जातीय सन्तुलन पनि हेरफेर हुनसक्ने चिन्ता जनाइएको छ ।

यस्तै, चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा परम्परागत बौद्ध मानेहरु पनि ध्वस्त पारिदिएको तिब्बत प्रेसले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here