मोरङमा भन्सार छलेर ल्याइएका माछा र ब्रोइलर कुखुरा नष्ट

0
198

पथरीशनिश्चरे,

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरूले मोरङका विभिन्न मितिमा विभिन्न स्थानबाट भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएका सामाग्रीहरू बरामद गरेका छन्।

भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ता कपडा, हार्डवयरको सामान, कस्मेटिक सामान, जिउदो माछा, बोईलर कुखरा लगायतका सामान गरी करिब सात लाख ३३ हजार एकसय ८० रूपैयाँ बराबरको सामान बरामद भएको हो।

बरामद भएका ति सामानहरुबारे आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको मोरङ्ग प्रहरीले जनाएको छ। सोही क्रममा बरामद भएका माछा र बोईलर कुखुरा भने जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी तथा पशु क्वारान्टाईनका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here