शनिअर्जुन उद्योग वाणिज्य संघको नेतृत्व चयन

0
194

अर्जुनधारा, शनिअर्जुन उद्योग वाणिज्य संघको अध्यक्षमा इन्दिवरसिंह खड्का चयन भएका छन् ।
अर्जुनधारा–८स्थित महिला, आदिवासी जनजाति, दलित सामुदायिक भवनको सभाहलमा आइतबार सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाबाट यस अघि उपाध्यक्ष रहेका उनी आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा देवराज बुढाथोकी, उद्योग उपाध्यक्षमा कृष्णबहादुर लोहार, वाणिज्य उपाध्यक्षमा यामप्रसाद ढुङगेल, जनसम्पर्क उपाध्यक्षमा दिपीन राई, उद्योग सचिवमा गोपालप्रसाद घिमिरे, वाणिज्य उपाध्यक्षमा विन्दा पाण्डे र कोषाध्यक्षमा प्रल्हाद ढुंगाना चयन भएका छन् ।
त्यस्तै नवगठित समितिका सदस्यहरुमा किरण वन, खगेन्द्र पाण्डे, यामप्रसाद घिमिरे, मनोजकुमार गुप्ता, विन्दु थापा र ज्ञानकुमारी थापा चयन भएका छन् । निवर्तमान अध्यक्षसहित रहने २१ सदस्यीय कार्यसमितिमध्ये ६ जना बैठकबाट मनोनित हुने निवर्तमान सचिव चर्तुभूज काफ्लेले जानकारी दिए ।
संघका अध्यक्ष वसन्तकुमार सोमानीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
सभामा संघका सचिव चर्तुभूज काफ्लेले संस्थाको वार्षिक प्रगति प्रतिवेन प्रस्तुत गरेका थिए । सोही सभामा संघलाई दुई कठ्ठा जमिन उपलब्ध गराउने जग्गादाताद्वय अध्यक्ष सोमानी र उपाध्यक्ष खड्काले जमिनको लालपूजा हस्तान्तरण गरेका थिए ।
त्यसैगरी सभामा नेपाल जेसीजका नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवरलाई स्वागत सम्मान गरिएको थियो । सभामा नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, एकीकृत समाजवादी नगरका अध्यक्ष अर्जुन मेचे, अर्जुनधारा–७ वडा समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका उपाध्यक्ष खड्काले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here