विराटनगरका सबै वडाका मुख्य सडकमा बत्ती जडान गरिने

0
130

पथरीशनिश्चरे ,

विराटनगर महानगरपालिकाले ‘उज्यालो विराटनगर’ अभियान पनि सुरु गरेको छ । पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको हो ।

रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने होस् भन्ने चाहेको महानगरका मेयर नागेश कोइरालाले बताए । विराटनगरवासीले गर्व गर्न लायक महानगर बनाउने आफ्नो लक्ष्यमा सबैतिरबाट साथ र सहयोग पाइरहेको उनको भनाइ छ ।

‘उज्यालो विराटनगर’ अभियानलाई सार्थक बनाउन सम्बन्धित शाखालाई निर्देशन दिइसकेको र काम पनि भइरहेको मेयर कोइरालाले बताए । पहिचो चरणमा पुष्पलालचोक–मेनरोड हुँदै रोडशेषसम्म जडान हुनेछ । हाल पुष्पलालचोकदेखि ट्राफिक चोकसम्म जडान भइसकेको विद्युतका इन्जिनियर अनिल सिंहले जानकारी दिएका छन् ।

महानगरको सिमाना ढाट (प्रवेशद्वार)देखि रोडशेष हुँदै कोशी राजमार्ग दुवै भाग, रानीपथ हुँदै भन्सारसम्म जडान गरिनेछ । पहिलो चरणमा एक सय वाटका ७७० वटा बत्ती जडान हुनेछ । त्यस्तैगरी, ५० वाटका २५० बत्ती जडान हुनेछ । यसअघि सोलार जडान भएको सडकमा पनि बिजुलीबत्ती नै जडान गरिनेछ । सोलारको मर्मत खर्च बढी हुने भएकाले महानगरले बिजुलीबत्ती नै जडान गर्ने निर्णयमा पुगेको हो ।

सोलार भएको ठाउँमा विद्युतीकरण गरी एलिडी बत्ती जडान गर्ने तयारी रहेको उनले बताएका हुन् । दोस्रो चरणमा वडाका सिमाना सडक, मानिसको बढी आवतजावत र भीडभाड हुने सडकमा बत्ती जडान गरिने इन्जिनियर सिंह बताउछन् । मेयरको आदेशअनुसार अबको ३ महिनाभित्र महानगरका १९ वटै वडामा बत्ती जडान गरिसकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

बत्ती खरिदका लागि टेन्टरमा गइसकेकाले माघको पहिलो हप्ताभित्र बत्ती आइसक्ने कोइरालाले जानकारी दिनुभयो। बत्तीका लागि वडाले विनियोजित गरेको बजेट खर्च गरिसकेपछि मात्रै महानगरले बत्ती र तार उपलब्ध गराउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here