राष्ट्रिय हिन्दु एकता मञ्चको पाचौं राष्ट्रिय अधिवेशन

0
171

भद्रपुर ।

राष्ट्रिय हिन्दु एकता मञ्च केन्द्रिय कार्य समिति नेपालको पाचौ राष्ट्रिय अधिवेशनमा झापाको भद्रपुर १० निवासी पत्रकार रेवतीराज घिमिरे सहित मञ्चमा आबद्ध सहयोगी तथा धार्मिक महानुभावहरुलाई सम्मान गरेको छ ।

विहिवार झापाको चन्द्रगढीमा आयोजीत कार्यक्रमका बीच अधिवेशनले पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहदै जनजनमा पत्रकारिताको माध्यामबाट सुचना प्रभाहमा पुर्याएको योगदानको उच्च मुल्याङ्गकन गर्दै प्रमुख अतिथि धर्मअनुरागी पण्डित सोमनाथ गौतम , व्यासाचार्य किशोर गौतम, मञ्चका केन्द्रिय अध्यक्ष इन्द्रप्रसाद ओली लगायतले प्रशंसा पत्र प्रदान गरेर सम्मान गर्नु भएको हो ।

त्यसै गरि हिन्दु धर्मका अगुवा तथा मञ्चलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सहयोगी , जेष्ठ नागरिकहरु क्रमशः राजेन्द्रप्रसाद संग्रौला, नरेन्द्रकुमार कार्की, लगायतका संगिनीसमुह सदस्य , बालन खेल्ने समुह सदस्य, मञ्चका सदस्य सन्तती खेलाडी लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

ओलीको अध्यक्षतामा सम्पन्न उद्घाटन स्वागत सकुन्तला पोखरेल र सञ्चालन देबीभक्त आचार्यले गर्नु भएको थियो । अधिवेशनले पुनःओलीकै अध्यक्षतामा आगामी चार बर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here