शंकराचार्यपीठ साधुटारमा महायज्ञ

0
168

झापा ।

झापाको अर्जुनधारा नगरपालिका–१स्थित साधुटारको श्री शंकराचार्यपीठ वेदबेदाङ संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा आगामी माघ १ गतेदेखि ११ गतेसम्म महायज्ञ हुने भएको छ ।

श्री शंकराचार्यपीठ स्थापनाको ४७औं बार्षिकोत्सव तथा २५आंै बर्ष ‘रजत जयन्ती’ को अवसर पारेर महायज्ञको तयारी शुरु गरिएको हो । आगामी माघ १ गतेदेखि शुरु हुने श्रीमद् ब्रहवैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक बिराट गोपाल महायज्ञ ११ गते सम्पन्न हुने पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार आध्यात्मिक जागरण, मानव सचेतना, दैनिक रु. १ दान ११ करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकूल अध्ययनरत् बटुकहरुका लागि लगाउने र खानाको व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहारको व्यवस्था र संस्थाको सर्वाङ्गिण विकासको उद्देश्यले महायज्ञ आयोजना गरिन लागेको हो ।

महायज्ञमा आचार्य श्री शीतलकृष्णजी महाराजको प्रमुख कथाब्यास रहने छ भने उपव्यास पं. सोमनाथ खतिवडाको र यज्ञाचार्य श्री हाकिमप्रसाद भण्डारीको रहने खतिवडाले बताएका छन् ।

पीठमा यज्ञशाला, शिवालय, प्रतिक्षालय, पाठशाला, बिद्यालय भवन निर्माण भइसकेको र पुस्तकालय निर्माणाधीन रहेको व्यासाचार्य खतिवडाले जानकारी दिए । ५ बिगाह क्षेत्रफलमा रहेको पीठमा ७५ जना बटुक, ४ जना शिक्षक रहेका छन् भने गौशलामा २२ वटा गाईबाछा रहेको खतिवडाले जानकारी दिए ।

२०३३ सालमा उक्त स्थानमा बिद्यालय नभएको अवस्थामा खतिवडाका बुबा केदारनाथ खतिवडाले भविष्यमा गुरुकुलको आवश्यकता महशुस गरेर पीठको स्थापना गरेको जनाइएको छ । गुरुकुल दाताहरुको सहयोगले सञ्चालन हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here