शनिश्चरे–अर्जुनधारा खानेपानीको २८ औं सभा सम्पन्न

0
192

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिको कार्यलय प्राङ्गणमा समितिका अध्यक्ष किरण शिवाकोटीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि समितिका सल्लाहकार संयोजक केदारमणि ढकालले उद्घाटन गरेका थिए ।

सभामा समितिका अध्यक्ष शिवाकोटीले संस्थाको गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन र सचिव राकेश ढकालले आय–व्यय विवरणसहितको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा अर्जुनधारा–९स्थित मगरचोकमा नवनिर्मित ४.५ घनमिटर क्षमताको ओभरहेड ट्याङकी सञ्चालनमा आएको, नयाँ धारा जडानको शुल्कलाई संशोधन गरी नौ हजार नौ सय ९९ रुपैयाँ कायम गरेको, अति विपन्न अपाङ्ग असहाय दलित र पिछडा वर्गका लागि समितिले अनुगमन गरि योग्य ठहरिएमा नयाँ धारा जडान शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था, राजु भट्टराईको घर छेउबाट स्वस्तिका स्कूल हुँदै बिजुली अफिस छेउसम्म अनुमानित १.५ किलोमिटर पाइपलाइन विस्तार गरी सञ्चालनमा आएकोलगायत रहेका छन् ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ६६ लाख २९ हजार एक सय ५६ रुपैयाँ २४ पैसा र जम्मा खर्च ५९ लाख ६८ हजार छ सय २९ रुपैयाँ ९६ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष ०७९/०८०को मंसिर सम्म ३२ लाख ४२ हजार पाँच सय २३ रुपैयाँ ३६ पैसा आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्षमा अनुमानित एक करोड ३० लाख ६५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

सभामा वडाध्यक्षद्वय भीष्म मिश्र र हरिशचन्द्र बाँस्तोला, सल्लाहकार सदस्य लवकुश गिरी, पूर्व अध्यक्ष छत्रमणि ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष किरण वनले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here