मनाङ,
भौगोलिक विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणकामा असर परेको छ ।
जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाईभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो । वातावरण प्रतिकूल रहने भएकाले बाँकी समय ९चार पाँच महिना० मात्र काम गर्न सकिन्छ ।
वर्षाका कारण बँेसीशहर–चामे–मनाङ–खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्याण्ड स्लाईड, रक फल तथा काठे पुल भत्कदा यातायात सोवा अवरुद्ध हुने र काम गर्नुपर्ने बेलामा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने गरेको उहाँको भनाइ थियो ।
सामग्री ढुवानीमा कठिनाई हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको छ । “चिसोका कारण माथिल्लो मनाङ ९ढिकुर पोखरी, पिसाङ, हुम्दे, ङावल, मनाङ, खाङसार० मा यतिबेला तापक्रम माइनसमा पुग्छ, यसले गर्दा सम्पूर्ण विकास निर्माणका काममा प्रत्यक्ष असर पारेको छ, निर्माणको कम पूर्ण रुपमा ठप्प छ”, प्रमुख विष्टले भन्नुभयो, “तल्लो बेल्ट ९थानचोक, स्यालक्यु, १५ तिमाङ, दानाक्यु, बगरछाप, ओडार, ताचै, धारापानी, थोँचे, तिल्चे, नाचै, ताल, घेराङलगायत स्थानमा भने हालसम्म पनि फाटफुट काम भइरहेको छ ।”
हालसम्म यहाँ हिमपात नभए पनि अब यहाँ हिमपात हुने सम्भावना बढेकाले कम मात्रामा रहेका कार्यसमेत अवरुद्ध हुनसक्ने उहाँले बताउनुभयो । यहाँ १२ महिनामा बढीमा चारदेखि पाँच महिनामा मात्रै निर्माणको काम सहजरुपमा गर्न सकिन्छ ।
स्थानीयवासी जाडो छल्न बँेसी झर्नु अनि वसन्तको आगमनसगै उकालो चढ्नु मनाङवासीको पुरानो रीत हो। विशेषगरी माथिल्लो मनाङ ९सदरमुकाम चामेभन्दा माथि०का बासिन्दा यतिबेला भेटिन मुस्किल हुन्छ तर तल्लो मनाङ ९सदरमुकाम चामे भन्दा ताल० भने कम मात्रामा स्थानीयवासी रहेका र त्यहाँ अहिले पनि निर्माणका कार्य आंशिक रुपमा भइरहेको बताइएको छ ।