लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

९ माघ २०७९, सोमबार मा प्रकाशित

झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारस्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय सन्देश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here