बिर्तामोडका ५ वडाले जग्गा वर्गीकरण टुङ्गियाए

0
170

झापा ।

बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्र्गीकरणको टुङ्गो लगाएको छ ।

नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो ।

नगरपालिकाले भू उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग क्षेत्र नक्शा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भूपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिमका क्षेत्रमा वर्गीरकण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जग्गा वर्गीकरणका क्रममा आवासीय र व्यवसायिक क्षेत्रमा परेका जग्गालाई कृषिमा राख्न इच्छुक भए परिवर्तन गर्न सकिने बताउनु भयो । उहाँले यसका लागि नगरपालिकाले आइतबार देखि ७ दिनको समय दिएकोले लिखित निवेदन पेश गर्न आग्रह गर्नुभयो ।

नगर प्रमुख प्रसाईले बाँकी रहेका वडा नम्बर ६ देखि १०सम्मका वडाको पनि जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै टुंग्याइने जानकारी दिनु भयो । नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका १ देखि ५ सम्मका वडाको कित्ताकाट माघ अन्तिम सम्ममा खुलाउने गरि तयारी गरेको छ ।

सरकारले केहि महिना अघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरीएको छ ।

जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् । यसैका आधारमा रहेर नगरका ५ वटा वडामा जग्गा वर्गीकरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।

निर्णय गरिएका ५ वटा वडा बजारक्षेत्रमा रहेकाकारण आवास, व्यावसायिक, औद्योगिक र केहिमात्रामा कृषि क्षेत्रमा पनि परेका छन् । यस सम्बन्धि सम्पुर्ण जानकारी नगरपालिकाले कार्यालयको वेबसाइटमा समेत राखेको छ ।

नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोत÷भूमिकर लागु गर्नेछ भने अन्य व्यवसायिक,आवासीय र औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पति कर लागु गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here