सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0
243

मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्वरको ट्रकले को ३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बुढीगँगा गाउँपालिका–७ मोरङका ३२ बर्षीय सुमित खवासलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी–२ का ३५ बर्षीय धिरेन राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here