सिमा सुरक्षालाई थप कडाई पार्ने – प्रमुख जिल्ला अधिकारी पोखरेल

0
314

झापा, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सिमा सुरक्षालाई थप कडाई पार्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा आज पत्रकार भेटघाटको आयोजना गर्दै प्रजिअ पोखरेलले जिल्लामा हुने अपराधजन्य गतिविधिलाई नियन्त्रण गर्न सिमा नाकामा कडाई र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने बताए ।

उनले लागू औषध नियन्त्रणसंगै अपराधजन्य गतिविधिलाई निस्तेज पार्ने सुरक्षा योजना तयार गर्दै अघि बढ्ने बताएका छन् ।
सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाहका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै प्रजिअ पोखरेलले कुनै पनि सेवाग्राहीले गुनासो गर्ने बातावरण सृजना हुनै नदिने बताए । जिल्लामा रहेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सहित आम झापावासीको साथ र सहयोगमा जिल्लालाई भयरहित र सुरक्षित बनाउन आफू लागि पर्ने बताए ।
पत्रकार भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, रुद्र प्रसाद न्यौपाने, शसस्त्र प्रहरीउपरीक्षक देवराज अर्याल लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here