नगर अस्पताल मार्गमा निर्माणाधीन ढलको प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीद्वारा अनुगमन

0
80

पथरीशनिश्चरे,

पथरीशनिश्चरेका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल सहितको टोलीले पथरीशनिश्चरे -२ स्थित नगर अस्पताल मार्गमा निर्माण भैरहेको ढलको अनुगमन गरेको छ ।

आज सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, ईन्जिनियर सन्तोष केसी, स्थानीय समाजसेवी बाबुराम राई, देवी डांडा निर्माण कम्पनीका प्रमुख ठेकेदार नवीन तामाङ सहितले ढलको नाली बनाउदा लापरवाही भएको र गुणस्तरीय निर्माण सामग्रीको प्रयोग नभएको भन्ने स्थानिय जनताको गुनासो बढेपछि स्थलगत रुपमा निर्माण कार्यको अवलोकन तथा निरीक्षण गरेको थियो।

अनुगमन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत खरेलले उक्त अवसरमा स्थानीय उपभोक्तालाई चित्त बुझ्ने गरी निर्माण सामाग्री प्रयोग गर्न आवश्यक निर्देशन दिनुभएको थियो। साथै, सोहि क्रममा उक्त निर्माणको कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरिएपछि मात्रै ठेकेदार कम्पनीलाई रकम भुक्तानी दिइने बताउनुभएको थियो।

आगामी असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी संझौता भएको उक्त मार्गको दुवै तर्फको ढल निर्माण गर्न र कालोपत्रे गर्नका लागि सो देवी डांडा निर्माण सेवा प्रालि,इलामले १ करोड ५१ लाख ८९ हजार १३८ रुपैयाँ (भ्याट बाहेक) मा ठेक्का सम्झौता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here