सहकारी क्षेत्रमा देखिएको जोखिम न्यूनीकरण गर्न प्रशिक्षण

0
248

झापा, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले सहकारी क्षेत्रमा देखिएको जोखिम न्यूनीकरण गर्न अपनाउनु पर्ने सावधानीका विषयमा व्यवस्थापकहरुलाई तालिम प्रदान गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्ब कोषाध्यक्ष केशव पोखरेलले सहजीकरण गरेको तालिम दुई दिनसम्म बिर्तामोडमा भएको हो । वित्तिय स्थिरताका लागि जोखिम व्यवस्थापन विषयक तालिम बिर्तामोडस्थित होटल हेवनमा आयोजना गरिएको थियो । तालिममा ३० वटा सेवाकेन्द्रका व्यवस्थापकहरु र कार्यालयका समेत ८ गरी ३८ जना सहभागी रहेको सहकारीका अध्यक्ष भवानी प्रसाद दंगालले जानकारी दिए ।


तालिममा भाका नागेको कर्जाको व्यवस्थापन, लगानी योग्य रकमको व्यवस्थापन, पल्स मनिटरिङ सिस्टम, बचतको व्यवस्थापन, तरलताको व्यवस्थापन, संस्थागत कोषको व्यवस्थापन , कमाउने र नकमाउने सम्पत्तिको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।


कार्यक्रममा लेखा समिति संयोजक कृष्णराज कटुवाल, संचालक भगीरथ आले लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here