पथरीशनिश्चरे- ४ द्वारा अर्धवार्षिक समीक्षा कार्यक्रम सार्वजानिक

0
115

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले अर्धवार्षिक समीक्षा कार्यक्रम सार्वजानिक गरेको छ ।

वडा कार्यालयमा आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा कार्यक्रममा वडाले फजुल खर्च कटौती गर्दै कार्यालयलाई मितव्ययी, चुस्त सरल सेवा, पारदर्शिता र आपसी एकतामा जोड दिएको जनाएको छ।

वडा अध्यक्ष लोकनाथ न्यौपाने ६ महिनाअघि हामी वडा कार्यालय पस्दा विद्युत, होटल लगायतको बिल सँगसँगै आएको स्मरण गर्दै “त्यसपछि फजुल खर्च घटाउनु पर्छ भनेर कार्यालयमा मिनरल वाटर र चिया बन्द गरियो ।’ कार्यालयमा मिनरल वाटर र चिया संस्कृतिको अन्त्य गरेपछि वार्षिक ५० हजार जति आर्थिक बोझ कम भएको उनको भनाइ छ ।

वडामा जस्तोसुकै भीड भए पनि सेवाग्राहीलाई बढीमा १घण्टा बढी ढिला नगरी काम गरिदिने नीति बनाएर कार्यान्वयमा ल्याइएको अध्यक्ष लोकनाथ न्यौपानेले बताउनुभयो । विकास निर्माण लगायतको काममा पारदर्शी, कर्मचारी र जनप्रतिनिधि बीच आपसी एकताको वातावरण निर्माण गर्ने बताए ।

कार्यक्रममा शैक्षिक सुधारको प्रयास स्वरुप वडामा रहेका ४ वटै विद्यालयका प्रधानाध्यापकहरुलाई डिजिटल हस्ताक्षर फेस स्क्यानर मेसिन प्रदान गरिएको थियो । विद्यालयमा शिक्षक, कर्मचारीहरु समयमा आएको र गएको अनुगमन फेस स्क्यानर मेसिन मार्फत वडा कार्यालयबाटै हुने वडा अध्यक्ष न्यौपाले बताए । कार्यक्रममा पथरीशनिश्चरे नगरका शिक्षा विभागका अधिकृत नवीन खुलालको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरबाट सिलिङ बजेट मार्फत प्राप्त ७३ लाख मध्ये ५० प्रतिशत कार्यान्वयन भइसकेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । बिकास निर्माणको बाँकी रहेको ३० प्रतिशत सम्झौता भएको र २० प्रतिशत मात्र सम्झौता हुन बाँकी रहेको उल्लेख छ । प्रदेश सरकारबाट बिनियोजित बजेटको पनि काम भइरहेको उल्लेख छ । नयाँ समिति आएपछि वडामा ३४ वटा सडक बत्ती जडान, सय जनालाई निःशुल्क स्वास्थ्य वीमा, ८ सय किसानलाई मकैको बिउ, ८ सयलाई घाँसको विऊ, बाली विज्ञान अध्ययनरत दुई जनालाई छात्रवृत्ति वितरण गरिएको छ ।

वडा अध्यक्ष लोकनाथ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक, नगरका शिक्षा विभागका अधिकृत नवीन खुलाल, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ, सरस्वति आधारभुत विद्यालयका प्रअ रामप्रसाद न्यौपाने लगायतले शुभकामनासहित शैक्षिक गुणस्तर सुधार बारे आफ्ना धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here