वडास्तरिय फुटबल प्रतियोगितामा अर्जुनधारा–१ विजयी

0
175

अर्जुनधारा ।

शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगितामा अर्जुनधारा–१ विजयी भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शनिबार सम्पन्न खेलमा अर्जुनधारा–२लाई ०–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ विजयी भएको हो ।

अर्जुनधारा–१को जितको लागि खेलको चौथो र ४७औं मिनेटमा गणेश गजमेरले दुई गोल गरेका थिए । त्यसैगरी खेलको ३४औं र ३६औं मिनेटमा सुनिल लोहार र युगल राईले १–१ गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी विजयी टिमका सुनिल लोहारलाई अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले एक जोर बुट हस्तान्तरण गरेका थिए ।

भोलि(आइतबार)को खेल अर्जुनधारा–५ र अर्जुनधारा–९बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here