रेयुकाईद्वारा विद्यार्थीलाई उद्घोषण तालिम

0
144

झापा, नेपाल रेयुकाई बिर्तामोडले विद्यार्थीलाई उद्घोषण तालिम प्रदान गरेको छ ।
बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच २५ जना विद्यार्थीलाई उद्घोषण तालिम प्रदान गरेको हो । विश्व शान्तिका लागि रेयुकाई अभियान अन्तरगत विद्यार्थीहरुलाई वाचनकलामा निपूर्ण बनाउने उद्देश्यले तालिम प्रदान गरिएको रेयुकाई नेपालका होजासु प्रकाश भट्टराईले बताए ।
बिर्तामोड नगरपालिका – ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यका बीच विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य तथा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गरेका थिए ।
तालिम उद्घाटन सत्रमा बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, कृषि थोक वजार व्यवस्थापन समिति अध्यक्ष कमल पौडेल, रेयुकाई अभियन्ता भरत वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सोनिका भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन नर्वदा भेटवाल संग्रौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here