प्रदेश नं १ का मुख्य मन्त्री हिक्मत कार्कीद्वारा उर्लावारी प्रादेशिक महोत्सवको उद्घाटन

0
123

छविराज ढकाल/पथरीशनिश्चरे,

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका उद्योगी व्यवसायी र व्यापारीहरूले आफ्नो पेशा मनसायबाट पलायन हुन नदिन प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।

आज शनिबार मोरङ्गको उर्लावारीमा उर्लावारी उद्योग वाणिज्य संघले आयोजना गरेको ९ दिने प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। महोत्सवको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि मुख्य मन्त्री कार्कीले प्रदेश सरकारले चाँडै सही निति र कानून निर्माण गरेर आर्थिक तरलता र वैदेशिक मौद्रिक नीतिलाई सुधार गर्दैछौँ भन्नुभयो।

” हाम्रा कृषिजन्य उत्पादनहरूले उचित बजार नपाएको” चर्चा गर्दै मुख्य मन्त्री कार्कीले अगाडि थप्नु भयो -” स्वदेशी उद्योगहरूलाई आवश्यक कच्चा पदार्थलाई स्थानीय स्तरमै उपलब्ध गराउँदै बढि भन्दा बढि स्वदेशी उत्पादनहरूलाई बजारमा प्रवर्द्धन गर्न र व्यवसायिकरण गर्न प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” सोहि क्रममा मन्त्री कार्कीले प्रदेश सरकारले बजारमा ग्रामीण तथा बजारमा उत्पादित वस्तुहरूलाई बढी उत्पादन गर्दै विदेशमा निर्यात बढाउन लागी पर्ने औल्याउनु भयो।

उद्योग वाणिज्य संघ प्रदेश नं १ का अध्यक्ष चन्द्रराज ढकालले उद्योगी व्यापारी र व्यवसायीहरूको समस्याहरु समाधान गर्न प्रदेश सरकार लाग्ने विश्वास लिए भने उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य नरेन्द्र खड्काले कोभिडले २/३ वर्ष थलिएको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्नुभयो । उनले छिट्टै नै प्रदेश सरकारसंग समन्वय गरेर कृर्षि जन्य उत्पादनको सहित उद्योगी व्यवसायीको आर्थिक गतिविधि चलायमान गराउँने र पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

सोहि क्रममा उर्लावारी नगरप्रमुख गंगा प्रसाद खरेलले शिक्षा, स्वास्थ्य र विकासलाई उर्लावारी नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। नगर प्रमुख खरेलले नगरमा कसरी स्वास्थ्य नगर बनाउन सकिन्छ भनेर आफुहरु लागी रहेका छौँ भन्नुभयो। वर्तमान समयमा स्कुले नानीबाबुहरूलाई लागुऔषध र दुर्व्यसनीबाट जोगाउन चुनौति रहेको उल्लेख गर्दै नगरप्रमुख खरेलले संचारकर्मीहरूलाई ‘सकरात्मक कामको प्रचार प्रसार गर्न र नकरात्मक कार्यहरूको विरोध जनाउँदै जनप्रतिनिधिहरूलाई सजग गराउन पनि सुझाव दिनुभयो।

प्रदेश सांसद शोभा पालुङवा लिम्बुले तिनै तहका सरकारहरूले उचित नियम र कानून निर्माण गर्नुपर्ने बताउदै कृषि क्षेत्रको उत्पादनलाई प्रवद्धन गर्दै कृर्षिलाई आधुनिकीकरण गर्न र व्यवसायिकरण गर्न आवश्यक रहेको बताईन्। आफ्नै देशको कच्चा पदार्थको प्रयोग गर्न उद्योग वाणिज्य र प्यापारका गतिविधि सञ्चालन गर्न सकिने बुझाउनुभएको थियो भने मोरङ्ग क्षेत्र नं १ ‘क’का प्रदेश सांसद उमाकान्त गौतमले विशेष गरेर देश बिदेशका व्यापारिक तथा औद्योगिक उत्पादनहरूको प्रवद्धन गर्न यो महोत्सवबाट खरीद र बिक्री गर्नुकासाथै विभिन्न सांस्कृतिक प्रस्तुतिको संरक्षण गरेको बताए। हरेक दिन संचालन हुने सांस्कृतिक कार्यक्रममा दिनहुँ एक/ एक जातिको परम्परागत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्न पनि अनुरोध गरे।

उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महोत्सव संयोजक शेर बहादुर भट्टराईले उर्लाबारीको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उद्योगी व्यवसायी तथा व्यापारिक कारोवार बढाउनुका साथै कृर्षि जन्य वस्तुहरुको बिक्री बढ्ने र आर्थिक गतिविधी चलायमान गराउँने र पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्न सकिने भन्दै औचित्यमाथि प्रकाश पारेका थिए।

उक्त अवसरमा महिला संजालकी नगर अध्यक्ष सिता कार्की , पूर्वसंघीय सांसद घनश्याम खतिवडाले उर्लावारी स्थानीय कृषि, उद्योग, व्यापार तथा पर्यटन प्रवद्धनको लागि आयोजित महोत्सवको पुर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

महोत्सव आगामी माघ २९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ। । महोत्सवमा नेपाल,भारत तथा पाकिस्तानका उद्योगी व्यवसायहरूले आ -आफ्ना व्यापारिक कारोवार गर्ने उद्देश्यले स्टलहरु राखेका छन् । अन्तर्राष्ट्रिय चिजहरूको विक्री गर्ने र व्यवसायीहरूको व्यवसायलाई चलायमान गराउने र दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेर क्रय शक्ति बढाउने उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक शेर बहादुर भट्टराईले कृर्षि र पर्यटनलाई प्रवर्द्धन गर्ने अर्को उद्देश्य रहेको बताउँदै उनले आर्थिक स्थितिलाई जागरुक बनाउनु र आम्दानीमुलक बनाउन चाहेको बताए।

-१७ जातिको मिस्श्रित स्वागत नृत्य प्रस्तुत गरिएको सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य विक्रम लुईटेल ,-प्रदेश नं १ ख का सांसद खड्ग बहादुर बस्नेत ,सांसद शोभा चेम्जोङ, विर्तामोड उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुमार भट्टराई, प्रदेश सांसद विद्या चाम्लिङ , उर्लावारी नगरपालिकाकी उप प्रमुख -मिना पोखरेल र प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी , नेपाली काँग्रेसका नगर सभापति सुरेन्द्र लिम्बु, नेकपा एमालेका गंगा बास्तोला ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र भण्डारी , -नेकपा एसका नगरअध्यक्ष ढक बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

नौमती बाजा सहित विभिन्न जातजाति नेवार ,मगर , राई साकेला , तामाङको डम्फु नाच, हिमाली शेर्पाको भोटे नाच, प्रथम जाति धिमालको सेउपाखा नृत्य, लिम्बुको केलाङ नाच , धिमाल , मगर नाच, किरात याख्खा छुम्मा , सतार , भुजेल लगायतको सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here