झापाका औषधि व्यवसायीलाई कर शिक्षा

0
351

झापा, झापाका औषधि व्यवसायीहरुलाई कर सम्वन्धि प्रशिक्षण प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा जिल्लामा रहेका औषधि व्यवसायीहरुलाई कर तथा लेखा सम्वन्धि प्रशिक्षण प्रदान गरिएको हो ।
नेपाल औषधि व्यवसायी संघ झापाले आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत शुभ रिजालले तालिमको उद्घाटन गरेका थिए । आन्तरिक राजश्व कार्यालयका कर अधिकृतद्वय भीम आचार्य र छत्र लिम्बू र सीए एञ्जिला मैनालीले तालिमको सहजीकारण गरेका थिए ।
नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताको सभापतित्वमा कार्यक्रम भएको थियो ।
नेपाल औषधि व्यवसायी संघका उपाध्यक्ष प्रदीप खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जीवन खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here