प्राध्यापक सङ्घ सभापतिमा कार्की

0
141

सुरुङ्गा ।

कनकाई बहुमुखीक्याम्पस सुरुङ्गाको पब्लिक क्याम्पस प्राध्यापक सङ्घ सभापतिमा उपप्राध्यापक तुलसी कार्की चयन भएका छन् ।

२०५४ सालदेखि सो क्याम्पसमा प्राध्यापनरत कार्की स्थानीय कनकाई–२ स्थित सरस्वती माविका लामो समयसम्म प्रधानाध्यापक समेत रहेका थिए ।

भ्mापाका चर्चित लेखा परीक्षक समेत रहेका कार्की लोकतान्त्रिक खेमाका प्राध्यापक मानिन्छन् । सर्वसम्मत गठनभएको समितिमा उपाध्यक्षमा दुर्गा काफ्ले (रेखा), सचिवमा दिनेशकुमार तिम्सिना, सहसचिवमा टामन न्यौपाने, कोषाध्यक्षमा पवित्रा अधिकारी चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा धनञ्जय नेपाल, ध्रुब खरेल, विनिता मैनाली र नवीन पराजुलीचयन भएका छन् । पब्लिकक्याम्पस प्राध्यापक सङ्घ केन्द्रीय समितिका सदस्य समेत रहेका सभापति कार्कीले निष्पक्ष रूपमा सम्पूर्ण प्राध्यापकको हितमाक्रियाशील रहने र क्याम्पसको समग्र उन्नतिमा प्राध्यापक, कर्मचारी, क्याम्पस प्रशासन, अभिभावकसँग एकाकार हुँदै अघिबढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here