गोमेन्द्र बिर्तामोडलको २६औँ बार्षिकोत्सव

0
99

बिर्तामोड ।

झापाको बिर्तामोड–४ स्थित गोमेन्द्र बिर्ता मोडल इङ्लिस स्कूलले २६औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा विविध कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा विद्यालयले स्थापना गरेको पुरस्कारद्वारा एक जना पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । सोही विद्यालयमा अध्ययन गरी पत्रकारीता क्षेत्रमा दुई दशक बढि समयदेखि क्रियाशिल मेची खबर साप्ताहिकका प्रधानसम्पादक तथा पत्रकार महासंघ झापाका सहसचिव राजु पाठकलाई जयनारायण हरिप्रिया पुरस्कारबाट नगद १० हजार पाँच रुपैँयासहित सम्मान गरिएको थियो ।

पत्रकार पाठकलाई विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद खनालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै विद्यालयले धनमाया शर्मा पुरस्कारबाट हिसानद्वारा लिइएको कक्षा ११को परीक्षामा जिल्लामा दोस्रो स्थान ल्याउने बिद्यार्थी रुद्रप्रसाद आचार्यलाई प्रदान गरेको थियो । पूजा शर्मा पुरस्कार अञ्जला रिजाल, दाधरा पुरस्कार सोहित राजवंशीलाई प्रदान गरिएको विद्यालयका इञ्चार्ज तीर्थ दाहालले जानकारी दिए ।

प्रत्येक तहमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिँदै आएको देवका स्मृति छात्रवृत्ति पुरस्कारबाट पूर्व प्राथमिक तहका दिपास्ना लिम्बू, प्राथमिक तहका रोनिशा थलङ र सोफिया उप्रेती, निम्न माध्यमिक तहका प्रायुस उप्रेती र माध्यमिक तहका सुमिना नेम्बाङ पुरस्कृत भएका थिए ।

सोही अवसरमा विद्यालयले कर्मचारीहरु मध्येबाट एक जनालाई दीर्घ सेवा पुरस्कार, बर्ष उत्कृष्ट विद्यार्थी, अनुशासित विद्यार्थी, सफा रहने विद्यार्थी समेतलाई पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले सांगीतिक साथै फरक–फरक विधामा उत्कृष्ट प्रस्तुति दिएका थिए ।

विद्यालयका संस्थापक प्रधानाध्यापक गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोडका नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयका इञ्चार्ज तीर्थ दाहालले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभेच्छा मन्तव्य राखेका थिए ।

विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, अभिभावकहरुको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here