हात्तीपाइले रोगबिरुद्धको औषधि : भ्रम र यथार्थ

0
248

‘अब दुई–चार दिन आउन भ्याइँदैन अनि आजै हेर्न आएको’ –भन्दै उनीसँग पुरानो चिनजानका मेरा बिरामी ससुरा बालाई भेट्न आएका बिर्तामोड स्वास्थ्य शाखामा कार्यरत मेरा गाउँले दाजु दीपक सापकोटालाई बिर्ता सिटी हस्पिटल छेउमै भेट्दा अब आउन नभ्याउने कारण चाहिँ आम औषधि सेवन राष्ट्रिय कार्यक्रम रहेको र आफू मेडिसीन डिस्ट्र्युब्युसन र मोनिटरिङ प्रोग्राममा व्यस्त रहने सेड्युल रहेको बताए । दीपक सापकोटाले भने जस्तै यो कार्यको तालिका यो पटक झापासहित नेपालका १५ जिल्लाका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको रहेको छ । विगतमा स्वयम्सेवकलाई औषधि वितरण गर्न लगाइएकोमा यसपटक तालिम प्राप्त स्वास्थ्यकर्मीहरु समेत टोल–टोलमा खटिएका छन् ।

‘लगातार छ वर्षसम्म दुई प्रकारका औषधिहरुको मिश्रित सेवनले आन्द्रामा भएका जुका त मार्छ नै हात्तीपाइलेको जिवाणुलाई समेत नष्ट र रोकथाम गर्छ’– भन्दै सन् २०२० सम्मको कार्यक्रम सकिएपछि पनि सेम्पलिङमा न्यू केसहरु देखिएपछि सन् २०३० लाई लक्ष बनाइए सँगै यो वर्ष फागुन ११ गतेदेखि १७ गतेसम्म १५ जिल्लाका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु औषधि खुवाउन हिँड्ने कार्यक्रम रहेको छ । सबै जिल्लाले कम्तिमा सात दिनको कार्यक्रम चलाउनेछन् । जसलाई आवश्यकता अनुसार एकस्टेन्ड गर्न पनि सकिने सापकोटा बताउँछन् ।

आम औषधि सेवनलाई सबै मिलेर सफल बनाउन आह्वानसहित यो राष्ट्रिय कार्यक्रम अन्तर्गत झापाका १५ वटै पालिका हुँदै गर्दा बिर्तामोडका सबै वडाका हाम्रा गाउँ, टोल र चोक–चोक, विद्यालयहरुमा समेत स्वास्थ्यकर्मीहरु सक्रिय देखिएका छन् । व्यस्तताका बीच सम्पर्कमा आएका अर्का स्वास्थ्यकर्मी एवम् बिर्तामोड स्वास्थ्य शाखा प्रमुख राजीवकृष्ण बिष्ट छोटो समय कुराकानी गर्न भ्याए– ‘एकदिन बुथ सञ्चालन र अन्य दिन सबै घरपरिवार समेट्ने गरी आगनमा नै पुगेर सेवा दिने गरी यो कार्यक्रम हरेक बर्ष झैं सफल बनाइने छ ।’ नेपालका प्रभावित जिल्लालाई हात्तिपाइले रोगमुक्त गर्ने विश्व स्वास्थ्य संगठन र नेपालको लक्ष्य यिनै स्वास्थ्यकर्मीहरुको लगाव र मेहनतले पूरा गर्नेछ भने विश्व स्वास्थ्य संगठनको गाईडलाइन र उसले उपलब्ध गराएको दक्ष जनशक्ति र तालिमको सदुपयोगले तथा सबै स्थानीय तह मातहतका टोल संयोजकहरुले ।

आम औषधि सेवनको गाइडलाइनले भने अनुसार ‘भर्खरैकी सुत्केरी, दुई वर्ष मुनिका बालबालिकाहरु, क्रोनिक बिरामी, ७० बर्षमाथिका ज्येष्ठ नागरिक र रोगको जटिलतामा रहेका व्यक्ति, जटिलतामा रहेकी गर्भवती बाहेकले अनिवार्य तालिम प्राप्त स्वाथ्यकर्मीबाट यो औषधि सेवन गर्नुपर्छ ।’ रेडियो र माइकको सूचनालाई सहजीकरण गर्न मुनाल टोल विकास समिति अध्यक्ष देवी बाँस्तोला समेत जिम्मेवार बनेर सबै टोलबासीलाई सार्वजनिक भवन अगाडि औषधि खान आउन र सात दिने अभियान सफल बनाउन आह्वान गरिरहेका देखिन्थे । छिमेकी अल्बिनालाई मैले ‘भोलि दवाई खानुपर्छ है कान्छी, खान्छौ नि ?’ भनेर सोध्दा उनको जवाफ थियो– ‘मैले त डर लागेर पोहोर साल पनि खाइनँ । यसपाली पनि खादिनँ होला अंकल ।’ उनी एक राम्रो शिक्षा लिएकी किशोरी हुन् । जसलाई हामी एकपात्रका रुपमा लिन सक्छौं ।

कोही समाजका अगुवा र स्वास्थ्यकर्मीहरु सेवा ठानी मरिहत्ते गर्ने र कोही औषधि खानु पर्छ भनेर भाग्ने मनोविज्ञान हुनुमा चाहिँ रोगप्रतिको जानकारीमा कमी आउनु, भ्रम सिर्जना हुनु, रोकथाम र नियन्त्रण बारेमा सचेतनाको अभाव हुनु र अल्बिना जस्ता समाजका नेतृत्व तहमा पुग्ने सम्भावनाका आइडियल व्यक्तिहरुको सक्रियतामा कमी तथा औषधिप्रतिको डर हट्न नसक्नु भन्ने बुझ्न सकिन्छ । यसपटक अनुगमनका क्रममा झापाको बिर्तामोड आसपास नै स्वास्थ्यकर्मी दीपक सापकोटाले फेसबुकमा पोस्ट गरेका केही तस्वीरहरुले समेत हामीले यो कार्यक्रमको बे–वास्ता गर्नु नहुने देखिन्छ । उनका अनुसार बिर्तामोड नगरपालिकाका वडाहरुमा सोमबार साझसम्म करिब ५६ हजारभन्दा बढीले यो औषधि सेवन गरेका छन् ।

के हो त फैलेरियासिस् या हात्तीपाइले ?

यो लामखुट्टेको टोकाईबाट स्वस्थ व्यक्तिमा लाग्ने र कष्टप्रद अवस्थामा व्यक्तिलाई पु¥याउन सक्ने रोग हो । यसका वयश्क परजीवीहरु संक्रमित व्यक्तिको शरीरको लसिका प्रणालीमा बगिरहेका हुन्छन् र रातको समयमा भने यसका शिशुहरु (माइक्रो फेलिरियाहरु) हाम्रो रगत प्रवाहमा जाने गर्दछ । जसलाई लामखुट्टेले टोक्दा ती परजीवीहरु रगतसँगै आफूले ग्रहण गर्दछन् र स्वस्थ व्यक्तिलाई टोक्दा सार्ने गर्दछन् । त्यसैले भनिन्छ रातको समयमा रगत लिएर परीक्षण गर्नु नै हात्तीपाइलेका परजीवी यकिन गर्ने उपायमा पर्दछ ।

यसले विशेष लसिका प्रणाली (ीथmउजबतष्अ क्थकतझ)मा असर गरी लक्षणहरु देखाउने भएकाले यसलाई लिम्फ्याटिक फैलेरिया भन्ने गरिन्छ । यसमा खुट्टाको तल्लो भाग वरिपरि सुन्निदै ठूलो भएर हात्तीको खुट्टा जस्तो हुने भएकोले र पाइला गोलो र ठूलो हुने भएकोले हात्तीपाइले भनिएको हो । रोग जताततै नदेखिने र प्रारम्भिक चरणमा लक्षणहरु नदेखिने हुँदा रोग लाग्यो भन्ने थाह पाउँदा र लक्षणहरु देखा परिसक्दा भने जीवन निकै कष्टप्रद बनिसकेकोे हुन्छ । यो रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु चाहिँ बुद्धिमानी मानिन्छ । त्यसकारण यो पटकको सरकारी अभियानमा सबैको सहभागिता अनिवार्य छ ।

कस्तो हुन्छ यसको परजीवी ?

यो उच्चेरेरिया ब्यानक्रफ्टटी नामक परजीवीले गर्दा यो रोग लाग्ने हुन्छ । यो निक्कै सानो धागोको त्यान्द्रा जस्तो देखिने हुन्छ । दिनभर लसिका (ीथmउज) मा र राति यसका माइक्रो युनिटहरु रगतमा प्रवाह हुने चरित्रका हुन्छन् । जसलाई लाखट्टेले चुसेर लिन सक्दछ ।

के–कस्ता लक्षण तथा चिन्हहरु देखिन्छन् ?

– महिलाहरुमा स्तनको आकार ठूलो हुने हुन सक्दछ ।
– संक्रमण बढेमा ज्वरो आउने हुन्छ अथवा आए जस्तो लाग्छ ।
– शरीरका विभिन्न भागहरुमा हातगोडा जोर्नीहरुमा गिर्खा साना–साना गा“ठाहरु महशुस हुन्छ ।
– छालामा निलो डाम देखिन सक्छ ।

– संक्रमण फैलिएमा केटाहरुमा अण्डकोष सुनिने अथवा अन्डकोषमा पानी जम्मा हुने गर्दछ ।
– यौनाङ्गहरु सुन्निने तथा वरिपरिका ग्रन्थीहरुमा संक्रमण देखिन सक्छ ।

– रोग पुरानो र जटिल बन्दै गएमा गोडाको तल्लो भाग सुन्निने या फुलिने गर्दछ ।

– बिरामीको पिसाबबाट सेतो बाक्लो सेतोपदार्थ जान सक्छ ।

(औषधि सेवनले शरीरमा परजीवी भएकाहरुलाई सामान्य वाकवाकी लाग्ने, रिंगटा लाग्ने जस्ता सामान्य प्रतिअसर देखिए पनि यसलाई सकारात्मक रुपमा लिनु पर्दछ । तपाई, हामी सबै मिलेर अरुलाई पनि हौसला साथ औषधि खान प्रेरित गर्नुपर्दछ ।)

हात्तीपाइलेको रोकथाम र नियन्त्रण कसरी गर्ने ?

– हात्तीपाइलेको रोकथाम र नियन्त्रणको सबैभन्दा पहिलो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।

– राति सुत्दा, गाई गोठ, पशुपंक्षीका खोरसम्म जाँदा पूरा शरीर कपडाले ढाकेमा आफू सुरक्षित रहन्छ ।

– केटाकेटीहरुलाई खेल्न पठाउँदा र साँझ–बिहान आफू बाहिर निस्कँदा पूरा बाहुला कपडा लगाउने गर्नु पर्दछ ।

– घर वरिपरिका पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्ने, घर वरिपरि भएका झाडी सफा गर्ने ।

– माछा पोखरीमा लामखुट्टेको लार्भा खानेखालका माछा पाल्ने ।

– घरका झ्याल–ढोका भेन्टिलेशनमा जाली प्रयोग गर्ने ।

– यही फागुन ११ गतेबाट हुने हात्तीपाइले रोगबिरुद्धको औषधि नडराइ तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट सेवन गर्ने र औषधि प्रयोग सम्बन्धी छर–छिमेक, साथी–भाइलाई सही सूचना प्रवाह गर्ने ।

(खतिवडा नेपाल औषधि व्यवसायी संघ झापा कार्यसमिति सदस्य तथा स्वास्थ्य शिक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here