नेपालमा चिनियाँ लगानीका धेरै आयोजना अलपत्र

0
119

काठमाण्डौं ।

नेपालमा निमार्णाधिन चिनियाँ लगानीका धेरै आयोजनाहरुलाई उनिहरुले समयमा काम सम्पन्न नगरी अलपत्र पार्ने गरेका तथ्यहरु प्रसस्तै छन। नेपाललाई चिनियाँ कुटनितीले मात्र होईन चिनियाँ ठेकेदारहरुले पनि हेप्ने गरेकाछन् ।

आयोजनामा टेन्डर प्राप्तगर्ने निर्माण ठेक्का लिने तर काम भने समय सिमा भित्र नसक्ने , ढिलो गर्ने , आफु अनुकुल भयो भने गर्ने नत्र नगर्ने लगायतका हेप्ने प्रवृतिको विकास भएर गइरहेको छ ।

पछिल्लो केही बर्षदेखि चिनियाँ ठेकेदारको ढिलासुस्तीले काठमाण्डौको चक्रपथ विस्तारको काम अन्योलमा परिरहेको छ । चिनियाँ प्राविधिक टोलीले ५ वर्षसम्म पनि दोस्रो खण्डको विस्तारको प्रारम्भिक ईन्जीनियरिङ्ग डिजाईन नपठाउंदा चक्रपथ निर्माणको काम रोकिएको छ। भने काठमाण्डौका जनताले दुःखभोग्नु परिरहेको छ।

चक्रपथ विस्तार सुरु गरेको ५ वर्षमा पनि खासै उपलब्धि नभएको यो सडक खण्ड निर्माणमा नेपाल सरकारले गर्नुपर्ने काम सबै सकिए पनि चिनियाँपक्षले वेवास्ता गरी काममा ढिलाई गरिदिदा काम अगाडी बढ्न सकिरहेको छैन । चक्रपथ विस्तार आयोजनामा नेपाली पक्षले सबै काम सकेपनि चिनियाँ पक्षले डिजाईन नपठाउंदा काम रोकिएको छ । चक्रपथ विस्तार आयोजनामा नेपालको तर्फबाट सबैसाईट क्लियर भईसकेको छ ।

केही समस्या भए नेपाल सरकार आफैले बनाउने हो । तर यसका लागि डिटेल डिजाईनको आवश्यक्ता पर्छ तर चिनको लापरवाहीको कारण अहिले सम्म चिनियाँपक्षले डिजाईन पूरागरेको छैन । विभिन्न बाहानाबाजी र समस्या देखाएर उनीहरु पन्छिने गरेकाछन् । चिनियाँ पक्षको अनावश्यक सर्तहरुले गर्दा चक्रपथ विस्तार आयोजना नै अन्योलमा परिरहेको छ । यसले समयमै निर्माण सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवको यो आयोजनाको भविष्य चिनियाँ पक्षको कारण अन्योलमा परेकोछ ।

साईट क्लियरेन्स अन्तर्गत रुखकटान , विजुली पोलसार्ने तथा खानेपानी पाईपलाईन व्यवस्थापन लगायतका काम नेपालपक्षले सकिसकेको छ । १०० प्रतिशत क्लियरेन्सको अव्यवहारिक अडान राखेर चिनियाँ पक्षले काम अल्झाएर नेपाललाई दुःख दिईरहेको छ ।

यस्तो अवस्थामा पनि चिनियाँ पक्षले अनावश्यक कुरा निकालेर चक्रपथ विस्तार आयोजनामा चिनले मनोमानी गरिरहेको छ । यो त एउटा उदाहरण मात्र हो नेपालमा जतीपनि चिनियाँ कम्पनिहरुले नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गरिरहेको छ ती सबै आयोजनामा यस्तै समस्याहरु देखा परिरहेका छन् ।

आयोजना निर्माणको जिम्मा लिने तर काम नगर्ने चिनियाँ पक्षको नियतले धेरै आयोजनाहरु अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । आयोजनाका सम्झौता पत्रहरुमा हस्ताक्षर गरेर चिन फर्किए पछि फेरी नेपाल नझर्ने गरेकाछन् । आयोजनालाई ओगटेर काम नगर्दा विकास निर्माणको कामले गति त लिन सकेन सकेन समयमा सम्पन्न हुनुपर्ने धेरै आयोजनाहरु त्यसै अलपत्र अवस्थामा रहेकाछन् ।यसबाट नेपाल र नेपालीले अनावश्यक दुःख र समस्या खेप्न बाध्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here